Logo
Logo

२ हजार २९७ संक्रमित थपिए, ३ हजार १३० जना संक्रमणमुक्त


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार ६ हजार ५८३ जनामा आरटी पीसीआरबाट परीक्षण गर्दा १ हजार ५८४ र ​र ४ हजार ३२१ जनामा एन्टीजेन परीक्षण गर्दा ७१३ जनामा कोरोना पुष्टि भएको हो ।

सोही अवधिमा ४३ जना कोरोना संक्रमतिको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ८ हजार ७७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १३० जनाले कोरोना भाइरसलाई जितेका छन् । उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या पाँच लाख ५९ हजार ९२८ पुगेको छ

प्रतिक्रिया दिनुहोस्