Logo
Logo

नेपाल प्रहरीको भावी आइजिपीमा नयाँ खेल ?


दृष्टि संवाददाता


काठमाडौं । सरकारले नेपाल प्रहरीमामा एक एआइजीको दरबन्दी थप गरेसँगै संगठनभित्र हल्लीखल्ली मच्चिएको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले एआइजीको दरबन्दी थपेको हो ।
योसँगै भावी महानिरीक्षकको खेल पनि फेरिने सम्भावना छ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी बैशाखमा अवकाश पाउनेछन् । त्यसपछि महानिरीक्षकका लागि एक्ला दाबेदार विश्वराज पोखरेल थिए । एक दरबन्दी थपेर सरकारले दुई जनालाई प्रतिस्पर्धा गराउन खोजेको स्रोत बताउँछ ।

जसका प्रबल दाबेदार सहकुल थापा भएको गृह मन्त्रालय स्रोत बताउँछ । उनी आफ्नो ब्याचमा पहिलो नम्बरका डिआइजी हुन् । अन्य डिआइजीलाई प्रदेशमा पठाइएपनि सोही कारण उनलाई हेडक्वार्टरमै राखिएको छ । यद्यपी धिरजप्रताप सिंह, उत्तमराज सुवेदी लगायत पनि एआइजी बढुवाको प्रतिस्पर्धामा हुनेछन् । केही दिनमै एआइजी बढुवा सिफारिस समितिको बैठक बस्दैछ ।

सरकारले कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्टाछुट्टै विभाग बनाएर एआइजीको दरबन्दी थप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्