Logo
Logo

रोकियो इन्जिन बेच्ने यात्रा


दृष्टि संवाददाता


काठमाडौं । ‘कसैलाई के धन्दा, घर ज्वाइँलाई खानकै धन्दा’ भनेझैं नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेल निगमका ‘ग्राउण्डेड’ जहाजलाई कसरी नियमित उडानसँग जोड्ने योजना बनाउनुभन्दा पुरानो जहाजको इन्जिन बेचेर कसरी कमिशन खाने चक्करमा लागेका छन् । निगमसँग भएको बोइङ ७५७ एउटा बिक्री भएर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ, अर्को ७५७ (९–एनएसीबी कल्साइन) जहाज विदेशमा थन्किएको छ । त्यही विदेशमा थन्किएको जहाजको इन्जिन बिक्री गर्न गत साता महाप्रबन्धक पौडेल अमेरिका जाने तयारीमा थिए । तर, उनलाई अनुमति दिनु अगाडि नै बोर्डका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिए र उनको यात्रा रोकियो ।

विश्वव्यापी कोरोना महामारीकोबीच जहाजको इन्जिन बिक्री गर्न आफैँ विदेश जाने कुराले पौडेलको नियत उदांगो हुन्छ । इन्जिन बिक्री गर्ने निगमको आफ्नै नियम छ । त्यही नियमभित्र बसेर टेण्डरद्वारा इन्जिन बिक्री गर्न सकिन्छ । त्यसमा पनि अहिले सबैले ई बिडिङ गर्ने हुँदा जुन देशको कम्पनीले उक्त टेण्डर पाउने हो, त्यही देशमा निगमका महाप्रबन्धक आफैँ उपस्थित हुनु राम्रो कुरा होइन ।

निगम सुधारका लागि योगेश भट्टराईले के–के न गर्ला भनेर बतास इन्टरनेशनलबाट बोकेर ल्याएका पौडेलले ६ महिनाभित्र निगम सुधारका नाममा आफ्नो तलब भत्ता बढाउने बाहेक थप सुधारका केही पनि काम नगरेको आरोप निगम कर्मचारीहरुको छ । बरु निगम सुधारका आयोजनामा उनी बाधक बनेका छन् । हरेक खरिद प्रक्रियामा उनले आफ्नो मान्छेलाई ‘सेटिङ’ मिलाएका छन् ।

त्यो भन्दा खतरनाक कुरा पौडेल महाप्रबन्धक भएर आएपछि निगमका वाइडबडी जहाज दुर्घटनाबाट तीनपटक जोगिएको छ । गत पुस २४ गते दोहाबाट काठमाडौं आएको एयरबस ३३०–२०० काठमाडौंमा फोर्स ल्याण्डिङ गर्दा उक्त जहाजको ब्रेक बिग्रिएर जहाज त्यत्तिकै थन्किएको छ । त्यसैगरी वैशाख १६ गते दुबईबाट काठमाडौं आएको एयरबस जहाज ह्याब्बी ल्याण्डिङ गर्दा दुर्घटना हुनबाट बालबाल जोगिएको छ । उक्त जहाज ‘ह्याब्बी ल्याण्डिङ’ गर्दा जहाजको कम्प्युटरले दिएको रिपोर्ट समेत पाइलटले लुकाएर राखेका छन् । यी दुई जहाज त काठमाडौं विमानस्थलमा ल्याण्डिङ गर्दा समस्या उत्पन्न भयो भने, गत अप्रिल २ तारेख निगमको एयरबस ३२० (९एन अल्फा किलो एक्स्रे (लुम्बिनी) हङकङ एयरपोर्टमा दुर्घटना हुनबाट जोगियो ।

निगम सुधारका लागि योगेश भट्टराईले के–के न गर्ला भनेर बतास इन्टरनेशनलबाट बोकेर ल्याएका पौडेलले ६ महिनाभित्र निगम सुधारका नाममा आफ्नो तलब भत्ता बढाउने बाहेक थप सुधारका केही पनि काम नगरेको आरोप निगम कर्मचारीहरुको छ । बरु निगम सुधारका आयोजनामा उनी बाधक बनेका छन् । हरेक खरिद प्रक्रियामा उनले आफ्नो मान्छेलाई ‘सेटिङ’ मिलाएका छन् ।

हङकङ एयरपोर्टमा ल्याण्ड गर्न केही मिनेटमात्रै बाँकी छँदा उक्त विमान एक्कासी विपरीत दिशा दायाँतर्फ मोडिएको थियो । दायाँतिर अग्ला पहाड थिए । विमानस्थलको ३३८ हेडिङमा विमान जानुपर्नेमा त्यसको उल्टो दिशा ०२० हेडिङतर्फ गएको निगम स्रोतले बताएको छ । जहाजका कमाण्डर क्पाप्टेन वाइपी जुहारचन र को–पाइलटमा उद्धव घिमिरे थिए । जहाज गलत दिशातिर मोडिएको हङकङ एटिसी टावरले थाहा पायो । दायाँ अग्लो पहाडतर्फ मोडिएको जहाजलाई टावरले दिउँसोको १२ः५६ मा सही दिशातर्फ दिशानिर्देश ग¥यो र सेफल्याण्ड भयो । जहाज ठूलो दुर्घटनाबाट जोगियो । हङकङ नागरिक उड्डयन प्राधिकरणले अप्रिल २३ मा यसबारे पत्रमार्फत् जानकारी दिएपछि घटनाबारे क्यानले थाहा पायो ।

कमजोर व्यवस्थापनको कारण पौडेलको कार्यकालमा यस्ता घटना घटेका छन् । त्यसैले निगममा बाहिरबाट महाप्रबन्धक नियुक्त गर्नुभन्दा निगमभित्रकै कर्मचारीलाई जिम्मेवारी दिए निगम सुधार हुने त्यहाँका कर्मचारीले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्