Logo
Logo

११ महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड व्यापार घाटा


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १२ खर्ब ६२ अर्ब ११ करोड व्यापार घाटा भएकाे छ । भन्सार विभागले बुधबार २०७७ साउनदेखि २०७८ जेठ मसान्तसम्म भएका आयात-निर्यातको तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

यो रकम गत वर्षको सोही अवधिको तुलनामा २४.६१ प्रतिशतले बढी हो । गत वर्षको जेठ मसान्तसम्म कूल व्यापार घाटा १० खर्ब १२ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।

विभागका अनुसार चालु आवको ११ महिना (जेठ मसान्त)सम्म नेपालमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ। सोही अवधिमा नेपालबाट जम्मा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

उक्त अवधिमा निर्यात ३७.७८ प्रतिशत र आयात २५.६७ प्रतिशतले बढेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्