Logo
Logo

छोराको जन्मदिनमा अन्नदान


दृष्टि संवाददाता



काठमाडौं । गरिब व्यक्तिहरुलाई अन्नदान गरेर एक दम्पतीले आफ्नो छोराको जन्मदिन मनाएका छन् । नेपाल प्रहरीका नायब निरीक्षक समेत रहेका सन्तोष कार्की र उनकी धर्मपत्नी रमिला कार्की(बस्नेत)ले आफ्ना छोरा सौतात कार्कीको जन्मदिनको उपलक्ष्यमा अन्नदान गरेका हुन् ।


बालाजु संरक्षण समिति तथा जागृती युवा क्लव बालाजुले नयाँबजारको विष्णुमती पुलको किनारमा रहेको शिवमन्दिरमा दैनिक निशुल्क खाना खुवाउँदै आएको छ । शुक्रबार कार्की दम्पतीले त्यहाँ खाना खुवाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्