Logo
Logo

बारको निर्वाचनमा लोकतान्त्रिक प्यानलको अग्रता कायमै, उपत्यकाको मत निर्णायक हुने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १० चैत । नेपाल बार एशोसियनको निर्वाचनमा पछिल्लो पठक लोकतान्त्रिक समूहले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षमा लोकतान्त्रिक पक्षका सुनिल पोखरेलले एक सय ३२ तथा महासचिवमा लिलामणि पौडेलले २ सय ४० मतले अग्रता लिएका छन् ।
पोखरेलको १५ सय ६६ तथा चण्डेश्वर श्रेष्ठको १४ सय ३४ मत रहेको छ । महासचिवमा पौडेलको १५ सय ३१ तथा सुरेन्द्रबहादुर थापाको १३ सय ७१ मत छ ।


अब उपत्यका, दाङ र सुर्खेतको मत गणना हुन बाँकी छ । बारमा यसपटक थोरै मतको हारजित हुने देखिएको छ । प्रगतिशिल पक्षबाट चण्डेश्वर श्रेष्ठको प्यानलले अपेक्षाअनुसार मत ल्याउन सकेको छैन । टिकट वितरणमा भएको असन्तुष्टिका कारण नेकपानिकट सो समूहले अपेक्षित मत ल्याउन नसकेको हो ।


प्रतिक्रिया दिनुहोस्