Logo
Logo

थप २ हजार २३९ जनामा काेराेना पुष्टि, २० जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडाैं । नेपालमा शुक्रबार थप २ हजार २ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय ५७ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय ७९ र ४ हजार ६ सय ५६ एन्टीजेन परिक्षणका क्रममा ७६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९५ हजार ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार ३४० जनाको मृत्यु भएको छ । त्यस्तै थप १ हजार ३ सय १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख १६ हजार ९२९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २६ हजार ५९० सक्रिय संक्रमित आइशोलेशन र ३०५ जना क्वारेन्टाइनमा छन् । । हालसम्म नेपालमा ३४ लाख ३ हजार ४१० वटा पिसिआर र २ लाख २७ हजार २०७ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्