Logo
Logo

युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख आवेदन


दृष्टि संवाददाता

63
Shares

काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख १४ हजार आवेदकले आवेदन भरेका छन्।

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार आइतबार साँझ ५ बजेसम्ममा १८ लाख १४ हजार २६५ जना आवेदकबाट २ करोड ९१ लाख ५३ हजार ६५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।

कम्पनीले कुल जारी पूँजी २ अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्