Logo
Logo

नयाँ एआइजीलाई फुली र जिम्मेवारी


दृष्टि संवाददाता



काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका सहकुल बहादुर थापाले आइतबार दज्र्यानी चिन्ह लगाएका छन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।


समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए । संगठनको थप सुदृढिकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उनले बताएका छन् । पदन्नोतिमा परिवारको पनि साथ सहयोग हुने भएकोले आफ्नो प्रगतिलाई परिवारमा समर्पण गर्नुपर्ने उनले उल्लेख गरे ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल सरकार एवम् प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू बोलाई भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उनले बताए ।
एआइजी थापालाई मानव स्रोत तथा प्रशासन विभागको जिम्मेवारी दिएको छ । सरकारले उनकै लागि दरबन्दी थप गरेर बढुवा गरेको हो । सरुवामा सिनियरलाई भन्दा जुनियरलाई महत्वपूर्ण निकायको जिम्मेवारी दिएको भन्दै संगठनमा असन्तुष्टि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्