Logo
Logo

प्रधानमन्त्री र अर्थमन्त्रीसँग निजी क्षेत्रले मागे खाेप


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग छुट्टाछुट्टै भेटवार्ता गरी निजी क्षेत्रलाई तत्काल कोभिड खोपको प्राथमिकतामा राख्न माग गरेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले बिहीबार प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँग सिंहदरवारमा छुट्टा छुट्टै भेटवार्ता गरेको हो । अध्यक्ष गोल्छाले नवनियुक्त प्रधानमन्त्री र अर्थमन्त्रीलाई महासंघको तर्फबाट बधाई प्रदान गरे ।

व्यवसायीहरुले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटि सफल कार्यकालको शुभकामना दिदै वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्