Logo
Logo

कुनै पनि डेटा चोरी नभएको टेलिकमको स्पष्टीकरण


दृष्टि संवाददाता


काठमाडाैं । नेपाल टेलिकमले आफ्नो सर्भर ह्याक गरी डेटा चोरी नभएको स्पष्ट पारेको छ। 

गत असार २७ गते सर्भर ह्याक सार्वजनिक भएपछि टेलिकमले गरेकाे छानविनमा केही पनि चाेरी नभएकाे जनाएकाे हाे ।

विज्ञहरुबाट विस्तृत छानविनका आधारमा टेलिकमले कुनैपनि डेटा चोरी नभएको विज्ञप्ति जारी गरेको छ। 

ह्याक भएको भन्ने जानकारी आएपछि कम्पनीले डेटा सुरक्षासम्बन्धी गाम्भीर्यतासँगै शंकाको घेरामा रहेका उपकरण र प्रणाली तत्काल बन्द गरी छानविन गरेको थियो। 

ग्राहकहरुसँग सम्बन्धित सबै डेटा सुरक्षित राख्न टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आएकाले कुनै खतरा नरहेको जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्