Logo
Logo

लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य


दृष्टि संवाददाता


काठमाडौं । लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । बजेट पारित हुन नसकेपछि प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रिपरिषदको सिफारिसमा बिहीबार मध्यरातिदेखि प्रदेशसभा अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुखकको कार्यालयका उपसचिव चिरन्जीवी पौडेलले जानकारी दिए ।

बिहिबार बजेट पारित हुन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेल संसद बैठक छाडेर हिंडेपछि सभामुख पूर्णबहादुर घर्तीले बिहीबार साँझ साढे ५ बजे बैठक बस्ने गरी तोकेका थिए । साढे ५ बजे पनि बैठक बस्न नसकेपछि शुक्रबार दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको थियो । तर, सरकारले मध्यरात संसद अधिवेशन नै अन्त्य गरेको हो ।

बजेट पारित नभएकाले शुक्रबारदेखि लुम्बिनी प्रदेशमा राज्यकोषबाट कुनै पनि रकम खर्च गर्न मिल्दैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर सरकारले अब अध्यादेशमार्फत् बजेट ल्याउने तयारी गरेको छ ।

लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री पोखरेल अल्पमतमा छन् । उनीविरुद्ध विपक्षी गठबन्धनले पटक–पटक अविश्वास प्रस्ताव दर्ता गराए पनि उनले छल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्