Logo
Logo

देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न गगन थापाको आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री नियुक्त भएपछि सरकारी निवास बालुवाटार सरेकै दिन देउवाले पार्टी पदाधिकारी बैठक राखेपछि आलोचना भएको छ । प्रधानमन्त्री देउवाले बालुवाटारमा शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट पनि आलोचना भएको हो ।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं,’ थापाले भने, ‘उहाँले पार्टी कार्यालय सानेपामा धर्ना भएको कारण यसपटक बालुवाटारमा बैठक राख्नु परेको हो भन्नुभएको छ । जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्