Logo
Logo

उपत्यकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण


दृष्टि संवाददाता


काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलेऔँल्याएको छ ।

एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिनदेखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा संक्रमित भइरहेका छन् । बुधवार उपत्यकामा चौबिस घण्टाभित्रमा परीक्षण भएका नमुनामध्येमा ६ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।

निषेधाज्ञा खुकु्लो भएसँगै भएको लापरबाहीको कारण संंक्रमण दर बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । उनले साउनदेखि यता संक्रमित संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको प्रवक्ता अधिकारीको भनाइ छ ।

बुधबार दैनिक प्रेस ब्रिफिङका क्रममा अहिले संक्रमण पुष्टि भएकाभन्दा बढी समुदायमा हुनसक्ने बताए । लक्षण नभएका, परीक्षण गर्न नगएकासहित अहिले देखिएको तथ्यांकभन्दा बढी समुदायमा हुन सक्ने उनको आंकलन छ । ‘एकातिर हामीले जनस्वास्थ्यको मापदण्ड उल्लंग्न गर्दै गइरहेका छौं, अर्कोतिर लक्षण नभएका संक्रमित परीक्षण गर्न जाने क्रम पनि कम छ,’ उनले भने ।

लक्षणविहीनबाटै यो संक्रमण थप फैलिने जोखिम भएकोले शंकास्पद व्यक्ति परीक्षणको लागि जान उनको सुझाव छ । मन्त्रालयका अनुसार दैनिक परीक्षण गर्न जानेमध्येमा संक्रमित हुने दर करिब २५ प्रतिशतको हाराहारीमा रहेकोले यो संक्रमणमदर ठूलो संख्या रहेको अधिकारीले बताए ।

उपत्यकामा संक्रमण बढेपछि अस्पतालमा बिरामी भर्ना हुने दर बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख डा। अनुप बाँस्तोलाले बताए । बाँस्तोलाका अनुसार यो अस्पतालमा दैनिक १५ देखि २० जना लक्षणसहितका बिरामी अस्पताल पुगेका छन् ।

उनीहरू मध्येमा ७ देखि १० जना दैनिक भर्ना हुने गरेका छन् भने अस्पतालको २४ बेड क्षमताको आइसियुमा २१ जना भर्ना भएका छन् । डा. बाँस्तोलाका अनुसार संक्रमित हुनेहरूमा खोप केन्द्रमा खोप लगाउन लाइन बसेकाहरू मध्येबाट धेरै छन् । निषेधाज्ञासँगै नागरिकले जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्दै जानुले संक्रमण पुन उकालो लागेको डा। बाँस्तोलाको तर्क छ । ‘ हामीले कडाइका साथ जनस्वास्थ्यको मापदण्ड पालना गरेनौं भने यो थप भयावह हुन्छ,’ उनले भने । गत चौबिस घण्टामा नेपालमा परीक्षण भएका कुल १२ हजार ६ सय १६ वटा नमुनामध्येमा २८ सय २८ जनामा कोरोना पुष्टि भएको हो । थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ७ लाख २४ हजार ४ सय ५५ (एन्टिजेन परीक्षणसहित) छन् । , यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्