Logo
Logo

खोप खरिदका लागि एडीबीले दियाे नेपाललाई झण्डै २० अर्ब


दृष्टि संवाददाता


काठमाडौं । एसियाली विकास बैंक(एडीबी)ले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण प्रदान गर्ने भएको छ ।

बैंकले ६८ लाख नेपाली लाभान्वित हुने गरी एक करोड ५९ लाख मात्रा खोप खरिद गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय बिहीबार गरेको मनिलास्थित बैंकको प्रधान कार्यालयले जनाएको छ ।

जीवन रक्षाका निम्ति अत्यावश्यक खोप खरिद गर्न तथा आफ्ना नागरिकहरूलाई संक्रमणबाट बचाउन शीघ्र खोप खरिद गरी नागरिकलाई लगाउन अपरिहार्य भएको बताउँदै बैंकका अध्यक्ष मासाटुगु आशाकावाले अर्थतन्त्रलाई पुनर्जीवन दिन नेपालका निम्ति खोप उपयोगी हुने विश्वास व्यक्त गरे ।

उनले नागरिकका दैनिकी एवं आर्थिक गतिविधि पुनःसञ्चालन गर्न खोप अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्