Logo
Logo

भारतीय प्रहरीले खसाल्यो जम्मु-काश्मिरमा उडिरहेको ड्रोन


दृष्टि संवाददाता


काठमाडौं । भारतीय पुलिसले जम्मु काश्मिरको कनाचक इलाकामा एक ड्रोनलाई खसालेको छ । भारतीय सञ्चारमाध्यमले उक्त ड्रोन पाकिस्तानबाट पठाइएको दाबी गरेको छ ।

यस ड्रोन खसेसँगै पाँच किलो आईईडी पनि बरामद गरिएको समाचार एजेन्सी एउनआईले उल्लेख गरेको छ । भारतीय सञ्चारमाध्यमले सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको जनाएका छन् ।

ड्रोनको मार्फतबाट कुनै ठूलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै भारतीय गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् । त्यहीकारण सुरक्षा बलले यस चुनौतीलाई सामना गर्नका लागि रणनीति बनाएको छ । त्यही रणनीतिअन्तर्गत यस ड्रोनलाई खसालिएको जनाइएको छ ।

उता, बारामुल जिल्लाको सोपोरस्थित वारपोरामा सुरक्षा बल र विद्रोहीबीचको मुठभेडमा परेर केही सैन्यधारी मारिएका छन् । बिहीबारदेखि यो मुठभेड चलिरहेको छ । सुरक्षाकर्मीले विद्रोहीको हातबाट केही हतियार बरामद गरेका छन् ।

२७ जुनमा भारतीय वायुसेना स्टेशनमा विद्रोहीहरुले ड्रोन मार्फत विस्फोटक हमला गरेका थिए । यस हमलामा दुई व्यक्ती घाइते भएका थिए । त्यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले ड्रोनबाट उत्पन्न खतरालाई लिएर एक उच्च स्तरीय बैठक पनि बोलाएका थिए । सुरक्षा एजेन्सीहरूले यस ड्रोनको षडयन्त्रमा लश्कर ए तैयबा संगठनको संलग्नता रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्