Logo
Logo

अर्थमन्त्री र अमेरिकी राजदूतबीच भेट


दृष्टि संवाददाता


काठमाडाैं । नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका छन् । मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

उनले कोभिडविरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पुर्‍याउने प्रतिवद्धता समेत दिएका छन् ।

भेटको क्रममा राजदूत बेरीले कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्