Logo
Logo

उपसचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २६ चैत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । साविकको जिल्ला प्राविधिक कार्यालय भोजपुरका प्रमुख लालु गिरीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर भएको हो ।


भोजपुरको जपुर–टक्सार–कोट–गगने–लेखर्क सडक स्तरोन्नति गर्न ठेक्काको नक्कली बैंक ग्यारेन्टी राखेर भुक्तानी दिएको खुलेपछि मुद्दा दायर भएको हो ।
आयोगले लेखापाल रामबहादुर दाहाल, कृषि विकास बैंक रत्नपार्क कार्यालयका तत्कालिन शाखा अधिकृत छविलाल ढकाल, एमके निर्माण सेवाका माधव खनाल, आईपी कन्ट्रक्सनका राजु श्रेष्ठ, एमके वाईपीका रणधिर तुम्बा र देवजंग शाहीविरुद्ध मुद्दा दायर भएको हो ।
एक करोड १० लाख ८० हजार रुपैयाँ अनियमितता भएको दाबीसहित आयोगले मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्