Logo
Logo

काठमाडौंमा आज भेरोसेल खोप लगाइँदै


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंमा आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लागइँदै छ ।

काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको पहिलो मात्रा आज बिहीबार उक्त उमेर समूहका नागरिकलाई लगाउने तयारी गरेको हो । आज ३२ वटै वडास्थित स्वास्थ्य केन्द्रहरूबाट खोप लगाइन्छ ।

महानगरका शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका विभागीय प्रमुख हरिबहादुर कुँवरका अनुसार आज बिहान १० देखि अपरान्ह ५ बजेसम्म भेरोसेलको पहिलो मात्राको खोप लगाउने कार्यक्रम छ ।

नागरिकता प्रमाणपत्र, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, वा यी कुनै पनि कागजात नभए वडाबाट उमेर प्रमाणित हुने कागजात लिएर गएमा खोप लगाउन पाइने छ ।

प्रतिक्रिया दिनुहोस्