Logo
Logo

ट्राफिक पुलिसको घरमा सुनको ट्वाइलेट भेटिएपछि…


दृष्टि संवाददाता


काठमाडौं । रुसमा एक ट्राफिक प्रहरीको घरमा सुनको ट्वाइलेट भेटिएपछि सबैलाई ध्यान तानेको छ । रुसी अधिकारीहरुले सयौँ हजार डलरको घुसकाण्डको पर्दाफास गरिहेकै बेला उक्त काण्डमा कैयन् ट्राफिक प्रहरीहरु संलग्न रहेको समाचारमा जनाइएको छ ।

तर ट्राफिक पुलिसका प्रमुखको घरमा रहेको शौचालयले सबैको ध्यान तोनेका थियो । किनकी ट्राफिक प्रहरी प्रमुखको घरमा रहेको उक्त ट्वाइलेट सुनबाट बनेको पाइएको थियो ।

तीपुलिस अधिकारी अलेक्सी सफोनोभलाई हिरासतमा लिइएको छ । दोषी प्रमाणित भएमा उनलाई १५ वर्षसम्मको जेल सजायँ हुने द मस्को टाइम्सले उल्लेख गरेको छ ।

छानबिन समितिले सफोनोभको भव्य निवासको भिडियो सार्वजनिक गरेको छ । जहाँ घरभित्रको सुनको ट्वाइलेट देखि घरबाहिर पार्किंग गरिएका लक्जरी कारहरु देखिन्छन् ।

उनको घरमा रहेका फर्निचर, भित्ते आर्ट फ्रेम तथा सजावटका सामानहरुमा सुनको व्यापक प्रयोग गरी असाधारण बनाइएको छ । भान्साकोठाको दराज तथा अन्य फर्निचरमा पनि सुनको प्रयोग गरिएको छ ।

गत जुलाई २० मा अपलोड भएको ४९ सेकेण्डको युट्युब भिडियो एक लक्जरी रियल स्टेट विज्ञापन जस्तै देखिन्छ । अहिलेसम्म उक्त भिडियो लाखौँले हेरिसकेका छन् ।

सफोनोभ उनका अन्य ६ सहकर्मी ट्राफिक पुलिसहरुमाथि अवैध रुपमा ठूला सवारी साधन सञ्चालनका लागि व्यवसायीहरुलाई नक्कली अनुमति प्रदान गर्ने र त्यसबापत वार्षिक १ करोड ९० लाख रुसी रुबल घुस लिने गरेको अभियोग छ । उक्त घोटालामा स्टाभरोपोल ट्राफिक पुलिस विभागका कम्तिमा ३५ सदस्य सामेल छन् ।, एजेन्सी

प्रतिक्रिया दिनुहोस्