Logo
Logo

मृगौला प्रत्यारोपन गरेको दुई सातामै उद्योगी गोल्छाको निधन


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २७ चैत । चर्चित उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन भएको छ। ६७ वर्षीय गोल्छाको मंगलबार राति चेन्नईमा निधन भएको छोरा शेखर गोल्छाले जानकारी दिए।

किड्नीको समस्या भएका गोल्छाको किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै निधन भएको हो। गोल्छाका दुई छोरा छन्। उनी नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद बनेका थिए।

उनको अग्रसरतामा हुलास वायर, खाधान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका २४ उद्योग स्थापना भएको थियो।

गोल्छाको पार्थिव शरीर काठमाडौंस्थित पशुपति आर्यघाटमा बिहीबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्