Logo
Logo

जम्मु-कस्मिरमा भिडन्त, दुई जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । शनिबार बिहानै जम्मु–कस्मिरको पुलवामा जिल्लामा सुरक्षाकर्मी र हतियारधारी समूहबीच गोलाबारी भएको छ ।

बीबीसीहिन्दीले सो भिडन्तमा दुई चरमपन्थीको मृत्यु भएको जनाएको छ ।

पुलवामाको नामिबिया र मार्सरको जंगलमा साथै दाचिगाम क्षेत्रमा चरमपन्थी रहेको सूचना प्राप्त भएपछि सुरक्षाकर्मीले सो क्षेत्रमा घेराउ गरेका थिए ।

समाचारमा अनुसार चरमपन्थी समूहको खोजी भइरहँदा उनीहरुले सुरक्षाकर्मीमाथि गोल चलाउन सुरुवात गरेका थिए । सो मुठभेडपछि दुई चरमपन्थीको मृत्यु भएको हो ।

पुलवामामा सन् २०१९ को फेब्रुअरी १४ मा जैस–ए–मोहम्मद आतंकवादी समूहका लडाकुले आत्मघाती बम विस्फोटन गराउँदा ४० भारतीय सेनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्