Logo
Logo

माओवादीले आज मन्त्रीको नाम टुंगो लगाउने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक पेरिसडाँडामा आज (आइतबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ ।

यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्