Logo
Logo

पूर्व माओवादीका चार नेताको रिटमाथि आज सुनुवाइ


दृष्टि संवाददाता


काठमाडौं । चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाईका लागि पेसी तोकिएको छ ।

माओवादी केन्द्रले आफुहरुको सांसद पदसमेत नरहने गरी पार्टीबाट गरेको कारवाहीलाई चुनौती दिँदै पूर्व माओवादीका चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरी शंकर चौधरी र प्रभु साहले दायर गरेको रिट निवेदनको सुनुवाई तोकिएको हो ।

पहिलोपटक पेसी तोकिएको दिन उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । दोस्रो पटकको पेसीमा रिट निवेदक पक्षकै कानुन व्यवसायीको आग्रहमा सुनुवाई स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्