Logo
Logo

पहिरोले सडक अवरुद्ध हुँदा १२ घन्टादेखि शव अलपत्र



अछाम । लगातारको वर्षातपछि आएको पहिरोले पहलमानसिंह स्वाँर राजमार्गस्थित चौरपाटी गाउँपालिका कृष्ण भिरनजिक सडक अवरुद्ध हुँदा शव अलपत्र परेको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर ६ दुनि र वडा नम्बर ७ मार्कु जोड्ने कृष्ण भिरमा गएको पहिरोका कारण १२ घन्टादेखि बाजुराको आटिचौर गाउँपालिका वडा नम्बर ७ दानिगाउका ६७ वर्षका मानसिंह खड्काको शव गए रातीदेखि अलपत्र परेको हो ।

गएराती ९ बजे पुगे पनि पहिरोले सडक अवरुद्ध हुँदा बुवाको शव घरमा पुर्‍याउन नसकिएको छोरा सुरेन्द्र खड्काले जानकारी दिए । चौरपाटी गाउँपालिकाको स्काभेटर बिग्रेपछी साँफेबगर नगरपालिकाको स्काभेटर पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्