Logo
Logo

भिरबाट लडेका युवा संघ नेताको मृत्यु



बैतडी । भीरबाट लडेर गम्भीर घाइते भएका युवा सङ्घका सदस्य विजय भाटको उपचारका क्रममा मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका– ५ दमरखोलीका ३० वर्षीय भाटको उपचारका क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्किने क्रममा स्थानीय कलुवाड मोडबाट लडेर भाट घाइते भएका थिए ।

घाइते भाटको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि शुक्रबार बिहानै ४ बजे धनगढी रेफर गरिएको थियो ।

उनको शुक्रबार धनगढीस्थित मायामेट्रो अस्पतातमा मृत्यु भएको प्रहरीले जनाएको छ । भाटका एक छोरा र श्रीमती रहेको राससले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्