Logo
Logo

प्रदेश २ मा थप दुई जना एमाले त्यागेर एकीकृत समाजवादीमा



काठमाडौं । प्रदेश २ मा नेकपा एमाले छाडेर थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादी रोजेका हुन् । उनीहरु जनकपुरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका छन् ।

नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले अब एमालेसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताए ।

यसअघि गत बिहीबार प्रदेश २ का १० एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका थिए । प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्