Logo
Logo

मोतिपुर गोली काण्ड : मृतकका परिवारलाई सरकारले साढे पाँच लाख दिने



रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएको हो । मृतकको किरिया खर्च बापत ५० हजार र राहतस्वरूप प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यसअघि, सोमबार लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । केन्द्र सरकारले घाइते भएका प्रहरी र सुकुम्बासीको उपचार पनि गर्ने जनाइएको छ ।

गएको आइतबार मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप हुँदा चार नागरिकको मृत्यु भएको थियो । करिब ५० जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्