Logo
Logo

७९२ संक्रमित थपिए, १४ जनाको मृत्यु



काठमाडौं । मंगलबार देशभर ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ६१९ नमुना परीक्षण गर्दा ७९२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ६९१ र एन्टिजेनबाट १०१ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ७ हजार ६० जनाको पीसीआर र २ हजार ५५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा १४ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ९१० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्