Logo
Logo

साफ च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशको अग्रता



काठमाडौं । फाइनल उत्रनका लागि बराबरी गरे पुग्ने नेपालले माल्द्धिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा जारी खेलमा बंगलादेशसंग गोल खाएको छ ।

खेलको नवौं मिनेटमा बंगलादेशका जर्सी नम्बर सातका खेलाडी सिमोन रेजाले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका छन् ।
बराबरीका लागि नेपाली टोली संघर्षरत छ । सुरुवातदेखि नै आक्रमक खेलमा उत्रिएको नेपाली टोलीमा आज भारतविरुद्धको खेलको सेटबाट तीन खेलाडी परिवर्तन भएका छन ।

भारतविरुद्धको खेलका लागि सुरुवाती ११ बाट सुमन अर्याल, सुमन लामा, मनिष डाँगी परिवर्तन भएका गरि उनीहरुको स्थानमा अञ्जन विष्ट, नगयुग श्रेष्ठ र आयुष घलानले मैदानमा स्थान पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्