Logo
Logo

न्यायालयमा देखिएको समस्या आपसी समझदारीमा हल गर्नुपर्छ : पूर्वन्यायाधीश भण्डारी



काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीले न्यायालयमा देखिएको समस्या आपसी समझदारीमा हल गरिनुपर्ने बताएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले न्यायालयमा देखिएको समस्या समझदारीमै समाधान गर्नुपर्ने बताएका हुन् । उनले अन्याय भएको बेला जनता जाने निकाय अदालत भएकाले संवैधानिक प्रावधानहरुलाई पालना गर्नुपर्ने बताए ।

अहिलेको अवस्थामा स्वतन्त्र निकायबाट आफ्नो धारणा आएको उल्लेख गर्दै सबैलाई आफ्नो धारणा राख्न पाउने अधिकार भएको जिकिर गर्दै उनले आशंका र अनुमानको भरमा नभई संवेदनशीलताको आधारमा अधिवढ्नुपर्ने तर्क गरे । कार्यपालिका, न्यायापालिका र व्यवस्थापिकाबीच चेक एण्ड ब्यालेन्सको नीति हुनुपर्ने उनको भनाई छ ।

प्रधानन्यायाधीश जबरामाथि लगाएको चार्ज ठिक हो भने जबराले सोच्नु पर्ने बताउँदै भण्डारीले माग गरेको कुरा बेठिक भए अरुहरुले सोच्ने कुरा भएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्