Logo
Logo

बार्सिलोनाका मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान बर्खास्त



काठमाडौं । बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ । क्लवले गातार खराब प्रदर्शन गरेपछि उनलाई बर्खास्त गरिएको बार्सिलोनाले जानकारी दिएको छ ।

लालिगा अन्तर्गत बुधबार राती भएको खेलमा रायो भालेकानोसँग १–० ले पराजित भएपछि क्लबले कोम्यानलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
क्याम्प नोउमा प्रशिक्षक बनेको १४ महिनापछि नेदरल्याण्ड्सका ५८ वर्षीय नागरिक कोम्यान बर्खास्तीमा परेका हुन् ।

भालेकानोसँग हारपछि बार्सिलोनाले विज्ञप्ति जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्तीबारे निर्णय कोम्यानलाई जानकारी दिएका थिए ।

यो सिजनमा बार्सिलोनाले लालिगामा १० खेलबाट जम्मा १५ अंक जोडेको छ । यस्तै च्याम्पियन्स लिगको समूह चरणमा दुई खेल हारिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्