Logo
Logo

यू-२३ एसियन कप छनोट : नेपालले आज ताजिकिस्तानसँग खेल्दै



काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानसँग खेल्दैछ ।

नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समयअनुसार बिहीबार राति पौने ८ बजे सुरु हुनेछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले ताजिकिस्तानसँग खेल्न लागेको हो । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुने छ किनकि यसअघि खेलमा नेपालको हार भइसकेको छ ।

छनोटको समूह बी को नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंकविहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ । छनोटअन्तर्गत नेपालले अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्