Logo
Logo

ड्राइभिङ लाइसेन्सको आवेदन फेरि बन्द



काठमाडाैं । सवारीसाधनको लाइसेन्सका लागि अनलाइन आवेदन खुलेको ३ दिनपछि फेरि बन्द भएको छ । यातायात व्यवस्था विभागले सर्भरमा समस्या आएको जनाउँदै लाइसेन्स आवेदन बन्द गरेको हो । ‘

अत्याधिक चाप पर्दा सर्भरमा समस्या आयो, केही बेरपछि यो समस्या समाधान हुने प्राविधिकहरुले जानकारी दिएका छन्’ विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले भने ।

विभागले यसबारे वेबसाइटमा समेत सूचना राखेको छ । वेबसाइटमा राखिएको सूचनामा प्रणालीमा प्राविधिक समस्या देखिएकाले मर्मतका लागि आवेदन लिने कार्य बन्द गरिएको जनाइएको छ । लाइसेन्स आवेदनका लागि करिब ९ लाखले फारम भर्ने प्रयास गरेको भुसालले बताए ।

कोरोना महामारीका कारण वैशाखदेखि बन्द भएको सवारीसाधन लाइसेन्सको आवेदन गत सोमबार साँझबाट खुलाइएको थियो । अहिले लाइसेन्सको फारम भरे पनि काठमाडौं उपत्यकाका हकमा लिखित तथा ट्रायलको पालो आउन भने ६ महिना लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्