Logo
Logo

निगमका अध्यक्षले कार्यभार सम्हाले


630
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीले पदग्रहण गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्ले अधिकारीलाई निगमको कार्यकरी अध्यक्षमा नियुक्त गरेको थियो । अध्यक्ष अधिकारीले आज (बिहीबार) निगमको प्रधान कार्यालय न्यूरोड गएर पदभार ग्रहण गरेका हुन् ।

अधिकारी निगमकै पूर्व कर्मचारी हुन् । यसअघि निगममा कार्यरत रहँदा अधिकारीले आन्तरिक अडिट, फाइनान्स डिपाटमेन्ट, जनरल सर्भिस, फ्लाइट रिभ्यू कमिटी र एचआर डिपार्टमेन्टमा निर्देशक भएर काम गरेका थिए ।

निगमका कर्मचारीहरुले गुणदोषको आधारमा नवनियुक्त अध्यक्ष अधिकारीको मूल्याङ्कन गर्ने बताएका छन् । निगममा महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा माग गर्दै कर्मचारी संघ १२५ दिनदेखि आन्दोलरत छन् । तर अहिलेसम्म पौडेलले राजीनामा दिएका छैनन् ।

कार्यकारी अध्यक्षको नियुक्तिसँगै महाप्रबन्धक पौडेलको अधिकार खोसिएको छ ।

प्रतिक्रिया दिनुहोस्