बेलबारी गोल्डकप : झापा दोस्रो चरणमा प्रवेश « Drishti News – Nepalese News Portal
Logo

बेलबारी गोल्डकप : झापा दोस्रो चरणमा प्रवेश


फिपराज बेघा


मोरङ । दुई वर्षपछि भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कपमा रोलिङ क्लब झापाले दोस्रो चरणमा प्रवेश गरेको छ ।

बिहीबार भएको खेलमा च्यासल फुटबल क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै झापा दोस्रो चरणमा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेल १-१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा गएको थियो । सुटआउटमा झापालाई जित दिलाउनको लागि मार्टिन सिलो, जोन जुरु, वविन बोहरा र पेमा तामाङले गोल गरे ।

च्यासल युथ क्लबका लागि अजित गुरुङ, मौसुवा अवगना र केट्हा यानिकले गोल गरे भने कमल श्रेष्ठ र अर्वीन राईले पेनाल्टी मिस गरेका थिए ।

त्यसअघि खेलको १२ औँ मिनेटमा सुशन लामाले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । उनले रुपेस वर्तौलाको पासमा गोल गरेका थिए ।

खेलको ६७ औँ मिनेटमा विदेशी खेलाडी हेन्थी वेलेले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो । जसमा झापाले जित निकाल्यो ।

खेलको म्यान अफ दि म्याच झापाको गोल रक्षक मनोज प्रधान घोषित भए ।

डागीहाट फुटबल क्लबले आयोजना गरेको उक्त गोल्डकपमा सिलिगुडीलगायत मोरङ, धनकुटा, उदयपुर, झापा गरी आठवटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता कार्तिक १७ गतेसम्म हुनेछ ।

प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित शिल्ड तथा प्रमाण पत्र पाउने क्लबका अध्यक्ष बिक्रम राईले जनाए ।

प्रतिक्रिया दिनुहोस्