Logo
Logo

‘ओली प्रवृत्तिका कारण सडकमा जानुपर्ने अवस्था बन्यो’


567
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका कारण कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने सपना सम्भव नभएको बताएका छन् ।

शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले चितवनमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले देशमा राजनीतिक स्थायित्व र विकासका लागि एमालेसँग पार्टी एकता गरेको भएपनि ओली प्रवृत्तिका कारण समस्या आएकाले देशको नेतृत्व गर्ने सपना सम्भव नभएको आरोप लगाएका हुन् ।

राजनीतिक अस्थिरता देशले थेग्न नसक्ने भएपछि समाजवाद उन्मुख विकाशको एउटा मोडल दिनुपर्ने ओलीमाथि प्रस्ताव राखेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘पार्टीभित्र वैचारिक राजनीतिक सांगठनिक सत्ता नेतृत्व जस्ता असाध्यै संवेदनशील विषयमा एउटा सहमति बनाएर नेकपा निर्माण पनि गर्यौ । यसबाट धेरै ठूलो अपेक्षा जनतामा थियो । तर, तीन वर्ष पुग्दानपुग्दै पार्टीभित्र एउटा यस्तो प्रवृत्ति देखापर्यो, जुन नेपाली जनताले ७० वर्ष लडेर ल्याएको परिवर्तनलाई उल्ट्याउन खोज्ने प्रवृत्तिको रुपमा प्रकट भयो ।’

अध्यक्ष प्रचण्डले ओली प्रवृत्ति एउटा निरंकुश, एकाधिकारवादी र प्रतिगामी भएको बताए । प्रचण्डले ओली प्रवृत्तिविरुद्ध सडकमा जानुपर्ने अवस्था बनेको बताए । उनले भने, ‘हामीले सपनाहरु जे देखेका थियौँ, कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर देशको नेतृत्व गर्ने भन्ने त्यो सपनालाई ओली प्रवृत्तिका कारण पूरा गर्न सम्भव भएन ।’

प्रतिक्रिया दिनुहोस्