Logo
Logo

मूल्यवृद्धि खारेज नभएसम्म अन्दोलन गर्छौँ : विप्लव



काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मूल्यवृद्धि खारेज नभएसम्म निरन्तर अन्दोलन गर्ने जनाएको छ । मंगलबार साँझ पार्टी महासचिव नेद्रविक्रम चन्द ‘विप्लव’ले एक विज्ञप्ति जारी गर्दै मूल्य वृद्धि र महँगी जनताको हितविपरीत भएकाले मूल्यवृद्धि खारेज नभएसम्म संघर्ष निरन्तर अगाडि बढ्ने जनाएका हुन् ।

उनले नेपाल बन्द गराउँदा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ । बन्दका क्रममा पक्राउ गरेका तीन सय बढी कार्यकर्तालाई बिना सर्त रिहा गर्न माग विप्लवले माग गरेका छन् ।

त्यस्तै, कार्यकर्ता पक्राउ गरी दमन गरेको भन्दै पार्टीले विरोध जनाएको छ । बन्दका क्रममा ललितपुर र धरानमा दुई ठाउँमा मात्रै सवारीसाधनमा तोडफोड भएको थियो ।

प्रतिक्रिया दिनुहोस्