Logo
Logo

कलंकीमा बसको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु


2.2k
Shares

काठमाडौं । काठमाडौंको कलंकीमा बसको ठक्करबाट स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी गाउँपालिका–२ घर भएका ३५ वर्षीय राम बहादुर आचार्य र बाँके घर भएका ५२ वर्षीय यादव कुमार साह छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीका अनुसार मंगलबार साँझ पौने ५ बजे कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

बसको ठक्करबाट घाइते भएका दुवै जनाको उपचारको क्रममा बल्खुस्थित बयोध्या अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्