Logo
Logo

कारागारभित्र झुण्डिएको अवस्थामा कैदी मृत भेटिए


1.9k
Shares

रौतहट । रौतहटको कारागारमा एक कैदी मृत भेटिएका छन् । देवाही गोनाही नगरपालिका–७ का लडाइ साह कारागार भित्रको शौचालयमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

साह २०७६ वैशाख ४ मा कारागार चलान भएका थिए । उनलाई जिल्ला अदालत रौतहटले अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा २१ वर्ष कैद तथा ३० हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

बुधबार साह शौचालय गएर लामो समयसम्म नआएपछि कैदी बन्दीहरु हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेका कारागारका निमित्त प्रमुख यादवले बताए ।

उनको जिल्ला अस्पताल गौर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।कैदी मृत्युको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्