Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


630
Shares

काठमाडौं । नेपालमा हाल अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

महाशाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

त्यस्तै राती प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भू(भागहरू आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ ।

गामी दुई दिनको मौसम पूर्वानुमान
२०७८ मंसिर ०३ गते (शुक्रबार) दिउँसो : सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू-भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागहरुका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः सुदुर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू-भागहरू सहित बागमती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०७८ मंसिर ०४ गते (शनिबार) दिउँसो : बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु पनि महाशााले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्