Logo
Logo

कानुन व्यवसायीको प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले आज सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायतमाथि प्रहरीले हातपात समेत गरेको छ ।

प्रहरीले हातपात गर्दा एक जना कानुन व्यवसायी घाइते समेत भएका छन् । वकिलहरुले अहिले सर्वोच्च अदालतमा धर्ना दिएका छन् ।

प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल पनि भएको छ भने सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ ।

बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्