Logo
Logo

गल्ती गर्ने सर्वेन्द्र, तनाव झेल्ने एआइजी




काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको गलत पुलिसिङका कारण दर्जनौं प्रहरी अधिकारीले तनाव झेल्नुपरेको छ । कानून कारबाही भन्दा गोली हानेर अपराधती तर्साउने खनालको नीतिले प्रहरी बदनाम हुुनका साथै कतिपय प्रहरीको जागिर नै धरापमा परेको छ ।
यसबाट पीडित हुने पछिल्लो अधिकारी एआइजी हरि पाल हुन् । कुमार पौडेल इन्काउन्टर घटनामा एआइजी पालविरुद्ध समेत जाहेरी दर्ता भएको छ । जबकी त्यो घटनामा उनको कुनै संलग्नता नै थिएन ।


तत्कालिन प्रहरी महानिरीक्षक खनालले काठमाडौंबाट आफ्नो बिशेष टोली पठाएर पौडेललाई गोली हान्न लगाएका थिए । इन्सपेक्टर केडी शाह नेतृत्वको टोलीले पौडेललाई गोली हानेको थियो । इन्काउन्टर भनिएपनि त्यो पौडेललाई नियन्त्रणमा लिएर गोली हानिएको खुलेपछि त्यसमा संलग्नविरुद्ध कारबाही सिफारस भएको हो । सुरुमा गोली प्रहारमा संलग्नलाई मात्र कारबाहीको सिफारिस भएको थियो । तर, पीडितले आदेश दिनेविरुद्ध समेत जाहेरी दिएपछि यो प्रकरण पेचिलो बनेको छ।


सो घटना हुँदा पाल प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । तर, पछि मात्र उनले सो घटनाबारे जानकारी पाएका थिए । तर पनि चेन अफ कमाण्डका हिसाबले उनलाई समेत विपक्षी बनाएर सर्वाेच्च अदालतको आदेशमा किटानी जाहेरी दर्ता भएको हो ।


जाहेरी दर्ता भएपछि जुनसुकै बेला पक्राउ पूर्जी जारी हुन सक्छ । बहालवाला प्रहरीविरुद्ध पक्राउ पूर्जी जारी भएपनि बहालवाला प्रहरी अधिकृत निलम्बनमा पर्दछन् । एआइजी पालको पछिल्लो समय गृहमन्त्री बालकृष्ण खाणसँग विवाद बढेको छ । जसकारण गृहमन्त्रीले पक्राउ पूर्जी जारी गराउन निर्देशन दिन सक्ने भएकाले उनी तनावमा रहेको स्रोत बताउँछ ।


उनीसहित सर्लाहीका तत्कालिन एसपी गोपालचन्द्र भट्टराई, सिडिओ रहेका सहसचिव कृष्ण राउत लगायतलाई समेत तनाव बढेको छ । सो प्रकरणमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादल र प्रहरी प्रमुख खनालमाथि समेत कारबाहीको माग गरी जाहेरी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्