Logo
Logo

नेपाल प्रहरीका आठ डिएसपीको एसपी बढुवामा सिफारिस




काठमाडौं । नेपाल प्रहरीका आठ डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ । यसअघि बढुवामा छुटेका डिएसपीहरु सिफारिसमा परेका छन् ।


बढुवामा पर्नेहरुमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, रामहरी पाण्डे, अर्जुन प्रसाद तिमल्सिना, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट छन् । केही दिनअघि मात्र एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएको थियो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अध्यक्षताको बढुवा सिफारिस समितिले सो निर्णय गरेको हो ।
त्यस्तै शुक्रबार एसपीको सरुवा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्