Logo
Logo

कांग्रेसको भोजपुर सभापतिमा बान्तावा निर्वाचित



काठमाडौँ । कांग्रेसको भोजपुर जिल्ला सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको अधिवेशनले बान्तावालाई जिल्ला सभापतिमा चयन गरेको हो ।

पहिलो चरणमा धेरै मत ल्याएपनि ५१ प्रतिशत मत पुर्‍याउन नसकेका बान्तावालाई दोस्रो चरणमा अन्य आकांक्षीले समर्थन जनाएका हुन् । बान्तावाले ४१५ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नन्दमणि राईले ३९२ र बालकृष्ण थापाले ३६० मत ल्याएका थिए ।

कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार सभापति पदमा तीन जनाको उम्मेदवारी परेका खण्डमा कुनै पनि सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउनुपर्ने व्यवस्था छ ।

राई निवर्तमान सभापति हुन् भने थापा पूर्वजिल्ला सभापति हुन् । बान्तावा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नयाँ पुस्ताका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्