Logo
Logo

लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य अस्वीकार



काठमाडौं । नेकपा एमाले नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् ।

केपी शर्मा ओलीले ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भएपनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका हुन् । पण्डित १०औं महाधिवेशनमा पदाधिकारीका आकांक्षी थिए ।

ओलीको प्रस्ताव अस्वीकार गर्दै नेता पण्डितले सामाजिक सञ्जालमार्फत सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको जानकारी दिएका छन् । उनले लेखेका छन्– ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै १०औं महाधिवेसनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’
उनी महाधिवेशन नसकिँदै चितवनबाट काठमाडौं फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्