Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

एमालेको अधिवेशनदेखि कांग्रेसको अधिवेशन सरेकोसम्म



हेडलाइन्स्

१. नेकपा (एमाले)को १०औं महाधिवेशनबाट १९ सदस्यीय पदाधिकारीमा पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदिप ज्ञवाली र विष्णु रिमाल निर्विरोध, अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुँदै, ३०१ पदमा ३३३ को उम्मेदवारी, लालबाबु पण्डितद्वारा केन्द्रीय कमिटीमा नबस्ने घोषणा ।

२. नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्यो, तयारी नपुगेको भन्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाद्वारा प्रदेश अधिवेशन सार्ने निर्णय, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन १९ क्षेत्र र केही जिल्ला अधिवेशन नै बाँकी, बलरा नगरपालिका–८ को वडा अधिवेशनमा झडप, मतदान अधिकृत उमेशचन्द्र झासहित तीन जना प्रहरी र एक सर्वसाधारण गरी पाँच जना घाइते ।


३. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाद्वारा अर्को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा, राजेन्द्र लिङ्देनलाई चार वर्ष धैर्य गर्न आग्रह, नेतृत्व बुढो भइसक्यो भन्नेसँग टुँडिखेलमा दौडिन तयार रहेको रहेको भनाइ, पशुपतिशम्शेर जबरा अध्यक्षमा नउठ्ने, जबराको साथ थापालाई, लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीले समर्थन गर्ने ।

४. १० जना सचिवहरुको सरुवा गर्ने मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेश्वर न्यौपाने पर्यटन मन्त्रालयमा, पर्यटनका यादब कोइराला शिक्षा मन्त्रालयमा, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र शिक्षा मन्त्रालयका सचिव राम प्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एक नारायण अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ।

५. नेकपा एमालेले चितवनमा तमासा देखाएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको टिप्पणी, आफूहरुले विद्रोह गर्नुको कारण चितवनको तमासा नै पर्याप्त भएको भनाइ, फरक मत राख्नेहरुको अपमान भइरहेको र जनताको बहुदलीय जनवादका गफ मात्रै हाकेको धारणा, एमाले कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न नसक्ने र दक्षिणपन्थी बाटोतर्फ लागिसकेको भाइन ।

६. कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सतर्कता अपनाउन थालियो, नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ, नेपालमा अहिलेसम्म भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नदेखिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीको भनाइ, अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा निगरानी तीव्र ।

७. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घट्यो, नेप्से २१ दशमलव ४,८ अङ्कले घटेर दुई हजार ६३० दशमलव १ मा झर्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्सन ६ अङ्कले घटेर ४९५ दशमलव ४,५ मा सीमित, कारोबार रकम पनि चार अर्बमा सीमित, कूल २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर चार अर्ब ८९ लाख ३७ हजार १३३ मूल्यमा खरिद बिक्री, निक्षेप सात अर्बले घट्यो, कर्जा १४ अर्बले बढ्यो ।

८. विदेशबाट स्वदेश फर्किने यात्रुमार्फत् सुन तस्करी, एकैदिन १७ किलो सुन बरामद, जफत गरिएको काचो सुनको राजस्व मात्रै १ करोड ६५ लाख रुपैयाँ हुने भन्सार कार्यालयको भनाइ, विदेशबाट नेपाल आउने यात्रुले व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म मात्रै ल्याउन पाउने, ५० ग्रामभन्दा माथि २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिइ जाँचपास गर्न सकिने ।

९.राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त, शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबर र उपविजेता विभागीय त्रिभुवन आर्मी गोलरहित बराबरी खेले, ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी)ले १–१ को बराबरी खेल्दै अङ्क बाँडे ।


१०. बार्बाडोसबाट पनि हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक, बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चाल्र्स बार्बाडोस सहभागी, अफगानिस्तानको हवाईअड्डाहरु चलाउनका लागि तालिबानले युरोपेली संघसँग मद्दत माग्यो, पाकिस्तानको पूर्वी पञ्जाबमा ६ जना आतंककारी पक्राउ, जापानमा विदेशीलाई प्रवेश निषेध गर्ने तयारी ।

प्रतिक्रिया दिनुहोस्