Logo
Logo

एमालेको निर्वाचन तालिका प्रभावित, राती ११ बजेबाट मात्र मतदान



सौराहा, चितवन । चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन तालिका प्रभावित भएको छ । निर्वाचन तालिका प्रभावित हुँदा बन्दसत्र लम्बिएको छ ।

सहमति जुट्न नसकेको पदहरुमा नेतृत्व चयनका लागि सोमबार राती ९ बजेबाट मतदान गर्ने कार्यतालिका तय भएको छ । तर, उक्त तालिका गरिवर्तन भएको छ । नयाँ तालिकाअनुसार राती ११ बजेबाट मात्र मतदान हुने निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जानकारी दिए ।

अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन । उनीहरु अहिले प्रतिनिधिसँग मत मागिरहेका छन् । आयोगले अहिलेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्