Logo
Logo

ओलीले आफ्ना पक्षका सबै उम्मेदवारलाई जिताए



काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा केपी शर्मा ओलीले छनोट गरेकै टिम निर्वाचित भएको छ । चितवनमा भएको एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा ओलीले प्रस्ताव गरेका सबै पदाधिकारी निर्वाचित भएका हुन् ।

अध्यक्षमा ओली र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्वाचित भएका छन् भने उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङ निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा शंकर पोखरेल, उपहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वाचित भएका छन् भने सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, पद्‌मा अर्याल, छविलाल विश्वकर्मा र लेखराज भट्ट निर्वाचित भएका छन् ।

महाधिवेशनको बन्दसत्रमा पनि ओलीले निर्वाचित भएको सबैलाई सोही पदमा प्रस्ताव गरेका थिए । तर, ओलीको सूचीलाई चुनौति दिँदै अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएका थिए । तर, रावल ओलीसँग १५ सय ९५ मत अन्तरले पराजित भएका छन् । ओलीले १८०८ मत ल्याए भने रावलले २१३ मत पाए ।

ओलीको प्रस्तावित उपाध्यक्षलाई घनश्याम भुसालले चुनौति दिएका थिए । भुसाल पनि पराजित भएका छन् । त्यस्तै ओलीको सूचीलाई चुनैति दिँदै सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका थिए । उनीहरु सबै पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्