Logo
Logo

विमानस्थल प्रहरी प्रमुखमा एसएसपी मैनाली




काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई खटाएको छ ।

विमानस्थलमा कार्यरत एसएसपी राजेश बाँस्तोला एक महिना लामो विदामा बसेपछि मैनालीलाई खटाइएको हो ।
उनी एक महिनाअघि मात्र सुडानस्थित एफपियु मिसनको कमाण्डरको जिम्मेवारीबाट स्वदेश फर्किएका थिए । एसएसपी बाँस्तोलको एक वर्षको अवधि पनि पुगेकाले उनको सरुवा हुने सम्भावना छ ।
शुक्रबारदेखि नै काठमाडौं परिसरमा एसएसपी सुदीपराज गिरी खटिएका छन् । दुई महिनाअघि नै उनको परिसरमा सरुवा भएकोमा एसएसपी अशोक सिंहले त्यसको कार्यान्वायन रोकाएका थिए ।

प्रतिक्रिया दिनुहोस्